काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३१ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै शनिबार बिहानसम्ममा संक्रमितको संख्या ४ करोड ९६ लाख ३४ हजार १९२ पुगेको छ । संक्रमितमध्ये १ करोड ३१ लाख ४७ हजार भन्दाबढी सक्रिय संक्रमित छन् । त्यसमध्ये ९० हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार भन्दाबढी निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ५२ लाख ३८ हजार ६३९ पुगेको छ । यस्तै एकै दिन थप ९ हजार भन्दाबढीको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ४७ हजार ९३१ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकैदिन १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड लाख ५० हजार पुगेको छ। संक्रमितमध्ये ६३ लाख ८४ हजार ५ सय भन्दा बढी निको भएका छन् । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४२ हजार १६३ जना रहेको छ ।
छिमेकी मुलुक भारतमा हालसम्म ८४ लाख ६० हजार ७ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख २५ हजार ६ सय ५ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७८ लाख १८ हजारभन्दा बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५६ लाख ३२ हजार ५ सय नाघेको छ भने १ लाख ६२ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार भन्दा बढी निको भएका छन् ।
Leave a Reply