जो बाइडनको अग्रता फराकिलो, बिजय घोषणा नगर्न ट्रम्पको चेतावनी

 ग्लोवल टि.भी.      शनिबार, कार्तिक २२, २०७७      0

अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प भन्दा जो बाइडन अघि देखिएका छन् ।  बाइडनले पेन्सिल्भानियामा २७,००० भन्दा धेरै मतले अग्रता हासिल गरेपछि उनी ह्वाइट हाउसको नजिक पुगिरहेका छन् ।

उनको अग्रता जोर्जिया, नेभाडा तथा एरिजोनामा पनि कायम छ – जसले उनलाई राष्ट्रपति बन्ने अन्य मार्ग खोल्न सक्छ।

बाइडनले सम्बोधन गर्दै स्पष्ट बहुमत सहित विजय हुने तर्फ आफूहरू लम्किरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले उनलाई विजय घोषणा नगर्न चेतावनी दिएका छन् अमेरिकी इतिहासमा १२० वर्ष यता यसपालीको निर्वाचनमा सबभन्दा धेरै – ६६.९% – मतदाता सहभागी भएको बताइएको छ।

डेलावेरको सम्बोधनमा बाइडनले कोभिड-१९ को नियन्त्रणमा विशेष जोड दिएका थिए।

उनले कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या बढिरहेका बेला आफ्नो राष्ट्रपति कार्यकालको पहिलोदिनदेखि काम गर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *