कोरोना भाइरसको मेनल्याण्ड अर्थात वुहानमा १० कोरोना भाइरस संक्रमित फेला

 ग्लोबल टिभि      बिहिबार, बैशाख २, २०७८      0

संवेग बस्नेत,एजेन्सी । चीनको वुहानमा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक देखिएको चीनको हुवेइ प्रान्त स्थित वुहानमा १० जना कोभिड–१९ का विरामी फेला परेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धत गर्दै चाइना डेलीले जनाएको छ ।

पछिल्लो पटक देखिएको कोरोना भाइरस आयातित भएको बताइएको छ । स्मरण रहोस् हुवेई प्रान्तको वुहानमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक नयां भाइरस देखिएको थियो । त्यसको एक महिनापछि अर्थात २०२० जनवरी ३० मा उक्त भाइरस कोरोना भएको चीनले जानकारी दिएको थियो । पछि फेब्रुअरी ११ मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड–१९ नामाकरण गरेको थियो ।

चीनले वुहानमा कडा लकडाउन गरी कोरोना भाइरस नियन्त्रणमा लिएको थियो । कोरोना भाइरसबाट १७ जना व्यक्तिको निधन र ४ सय भन्दा बढी संक्रमित भएपछि चीनले जनवरी २३, २०२० बाट वुहानमा लकडाउन सुरु गरेको थियो । भाइरस नियन्त्रणमा ल्याउनु अघि सम्म हुवेई प्रान्तमा ६८ हजार १ सय ५४ जना कोरोना संक्रमित भएका थिए भने ४ हजार ५ सय १२ जनाको संक्रमणबाट मृत्यु भएको थियो । ६३ हजार ६ सय ४० जना कोरोना संक्रमण पुक्त भएका थिए । कोरोना भाइरस नियन्त्रणमा आएपछि चीनले अप्रिल २०२० बाट वुहानमा गरेको लकडाउन हटाएको थियो भने मध्य मे महिनामा स्थानीय रुपमा सरेका कोरोना भाइरसका कुनै पनि संक्रमित नरहेको घोषणा गरेको थियो

। लकडाउन गरेपछि सुरुमा चीनको आलोचना पनि भएको थियो । तर कोरोना भाइरस नियन्त्रणमा लागि चीनले अपनाएको उपाय प्रभावकारी देखिएपछि विश्वका धेरै देशहरुले लकडाउनको सहरा लिएका थिए । अहिले पनि विश्वका कतिपय देशमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनकै सहरा लिइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *