ग्लोबल टिभि
सोमवार, बैशाख ६, २०७८
0
इजिप्टमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९८ जना घाइते भएका छन् । राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा दुर्घटना भएको हो ।
कायरोबाट नाइल डेल्टा शहरका लागि छुटेको रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको हो । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएका हुन् ।
इजिप्टमा रेल दुर्घटनाका घटना भैरहन्छन् । सन् २००१ मा भएको रेल दुर्घटनामा ३ सय ७० जनाको मृत्यु भएको थियो । यस्तै गत मार्च महिनामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।
Post Views: 1,323
Leave a Reply