भारतमा एकै दिन पुष्टि भए २ लाख ९५ हजार कोरोना संक्रमित , २ हजार २३ जनाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

काठमाडौँ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार भारतमा २ लाख ९५ हजार ४१ जना कोरोना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा पुष्टि भएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा करिब ३ लाखको हाराहारीमा कोरोना संक्रमित पुष्टि हुन थालेका छन् ।

यसअघि सोमबार मात्रै भारतमा हाल सम्मकै दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५६ लाख १६ हजार १ सय ३० पुगेको छ ।
भारतमा १ करोड ३२ लाख ७६ हजार ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजार ५ सय ३८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २३ जनाको मृत्यु भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *