ग्लोबल टिभि
बिहिबार, बैशाख ९, २०७८
0
पाकिस्तानको क्वेटा शहरस्थित होटलमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य ११ जना घाइते भएका छन् । क्वेटास्थित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
सो होटेल उच्च सरकारी अधिकारीको बढी आउजाउ हुने होटलको रुपमा चर्चित रहेको बीबीसीमा उल्लेख छ । विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट गराइएको पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले बताएका छन् ।
विष्फोटको जिम्मा तालिवानले लिएको छ ।
Post Views: 1,063
Leave a Reply