ग्लोबल टिभि
बिहिबार, बैशाख ९, २०७८
0
भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । येचुरीका ३५ वर्षीय छोरा आशिषको उपचारका क्रममा गुरुग्रामस्थित मेदान्त अस्पतालमा आज बिहान मृत्यु भएको यचुरीले ट्वीटमार्फत जानकारी दिएका छन् । उनलाई २ हप्ताअघि कोरोना संक्रमण भएको थियो ।
‘कोरोना संक्रमणका कारण आज बिहान मैले जेठो छोरा गुमाएको खबर सुनाउन पर्दा निकै दुःखी छु । हामीलाई ढाडस दिने र उनको उपचारका संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी सबैलाई म धन्यवाद दिन चाहन्छु ।’ यचुरीले ट्वीटमा लेखेका छन् ।
Post Views: 1,102
Leave a Reply