भारतमा कोरोना–नियन्त्रणमा सकस

चुनावी -याली र सभामा प्रतिबन्ध

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ११, २०७८      0

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यससंगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । सक्रय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ । कोरोना संक्रमित अस्वाभाविक रुपमा बढ्दै गएपछि महाराष्ट्र राज्यमा पूर्ण लकडाउनको घोषणा गरिएको छ ।

त्यहाँ मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । त्यस्तै, कोरोना संक्रमण थप फैलन नदिन निर्वाचन आयोगले चुनावी -याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *