भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित पुष्टि

 ग्लोवल टि.भी.      सोमवार, बैशाख १३, २०७८      0

काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ९ सय ९१ जना कोरोना संक्रमित पुष्टि भएका हुन् ।

भारतमा पछिल्लो २४ घण्टामा पुष्टि भएको संक्रमितको संख्या विश्वमै कुनै पनि देशमा एकै दिन पुष्टि भएको संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो । पछिल्लो पुष्टि भएको संक्रमितको संख्यासंगै भारतमा हाल सम्म १ करोड ७३ लाख १३ हजार १ सय ६३ जना कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २८ सय १२ रहेको छ । पछिल्लो संख्या संगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९५ हजार १ सय २३ पुगेको छ । हाल सम्म १ करोड ४३ लाख ४ हजार ३ सय ८२ जना संक्रमण मुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६ सय ५८ रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *