एकैदिन ३६ सय ४७ संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, बैशाख १६, २०७८      0

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३६ सय ४७ जनाको मृत्यु भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ नाघेको छ । अहिलेसम्म भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् । यससंगै भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार ८ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *