एकै दिन ३५ सय बढीको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख १७, २०७८      0

भारतमा एकै दिनमा ३ हजार ५ सय १ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि भारतमा अवस्था नियन्त्रण बाहिर पुगेको छ । मृत्यु हुनेको दर पनि बढिरहेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट २ लाख ८ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८२९ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ । अहिलेसम्म भारतमा १ करोड ५३ लाख ६९ हजार ३६२ जनाले कोरोनालाई जितेका छन् । ३१ लाख ७७ हजार २५० जना सक्रिय संक्रमित रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *