भारतबाट हुने सबै यात्रामा अमेरिकाद्वारा रोक

 ग्लोवल टि.भी.      शनिबार, बैशाख १८, २०७८      0

भारतमा कोरोना महामारी लगातार रुपमा बढ्दै गएपछि अमेरिकाले भारतबाट हुने सबै यात्रामा रोक लगाएको छ । ह्वाइट हाउसका प्रवक्ता जेन साकी आगामी मे ४ तारिखबाट कार्यान्वयन हुने गरी भारतबाट हुने हवाई यात्रामा रोक लगाइएको बताएकी छन् ।

साकीले भारतमा कोरोनाको नयां भेरियन्टको महामारी नियन्त्रण गर्न भारत सरकारलाई चुनौती रहेको छ । अमेरिकाले बिहिबार मात्र भारतलाई १० लाख डलर बराबरको औपधी साम्रगी सहयोग गरेको थियो ।

हाल भारतमा दैनिक रुपमा ३ हजार भन्दा बढीको मृत्यु भइरहेको छ भने ३ लाख भन्दा बढी संक्रमित भइरहेका छन् । कोरोनाको संक्रमण नियन्त्रण बाहिर गएसंगै क्यानडा, युएईले पनि अस्थायी रुपमा भारतबाट हुने यात्रामा रोक लगाएका छन् भने बेलायतले रेड लिस्टमा राखेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *