एजेन्सी । छिमेकी देश भारतमा शनिवार पनि एकै दिन चार लाख भन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ मा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । कोरोना संक्रमितको संख्या शुक्रवार भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४सय ३३ पुगेको थियो ।
पछिल्लो २४ घण्टामा पुष्टि भएको संख्यासंगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड १८ लाख ८६ हजार ६ सय ११ पुगेको छ ।
भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय कोरोना संक्रमितको कुल संख्या ३७ लाख ३१ हजार २ सय ६१ रहेको छ ।
यस्तै भारतमा एकैदिन ४१ सय ९४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
पछिल्लो संख्यासंगै हाल सम्म २ लाख ३८ हजार २ सय ६५ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
Leave a Reply