चीनको रकेट हिन्द महासागरमा खस्यो

 ग्लोबल टिभि      आइतवार, बैशाख २६, २०७८      0

चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार अप्रिल २९ मा प्रक्षेपण गरिएको रकेट अनियन्त्रित भएको थियो ।

यो रकेट स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो ।

बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो । रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्‍याउने उद्देश्यका साथ प्रक्षेपण गरिएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *