एजेन्सी । भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमणको दरमा केही कमी आएको छ । हप्तादिन अघि सम्म दैनिक चार लाख बढी संक्रमित थपिँदै आएकोमा पछिल्ला तीन चार दिन यता दैनिक संक्रमणको दरमा कमी आएको हो । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा
३ लाख २९ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
कोरोना संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४ सय ३३ पुगेको थियो ।
पछिल्लो २४ घण्टामा थपिएको संख्यासंगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २९ लाख ९१ हजार ९ सय २७ पुगेको छ ।
हाल सम्म भारतमा १ करोड ९० लाख २१ हजार २ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६ सय ९५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३८ सय ७९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ ।
Leave a Reply