भारतमा लगाए ९५ लाख बढि स्वास्थ्यकर्मीले लिए कोरोना विरुद्धको खोपको पहिलो डोज

 ग्लोबल टिभि      बिहिबार, बैशाख ३०, २०७८      0

एजेन्सी । छिमेकी देश भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको खोपको पहिलो डोज लगाएका छन् ।

जनवरी १६ देखि चलाइएको कोरोना विरुद्धको खोप अभियानमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएको संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले जानकारी दिएका हुन् ।
उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाइँमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाइँमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *