भारतमा कोरोना संक्रमणको दरमा कमी, पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार संक्रमित थपिए

 ग्लोबल टिभि           0

एजेन्सी । छिमेकी देश भारतमा कोरोना संक्रमणको दरमा कमी आएका छ । गत हप्ता सम्म दैनिक चार लाख बढी संक्रमित थपिँदै आएकोमा पछिल्ला दिनहरुमा संक्रमणको दर क्रमश ओरालो लाग्दै गएको छ ।

पछिल्लो चौविस घण्टामा ३ लाख ३८ हजार २ सय ३९ कोरोना संक्रमित पुष्टि भएका छन् । बिहीवार ३ लाख ६२ हजार भन्दा बढी संक्रमण पुष्टि भएको थियो । भारतमा हाल सम्म २ करोड ४० लाख ४६ हजार १ सय २० कोरोना संक्रमित पुष्टि भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट २ लाख ६२ हजार ३ सय ५० ले ज्यान गुमाएका छ । पछिल्लो चौविस घण्टामा मात्रै ३ हजार ९ सय ९९ ले संक्रमणबाट ज्यान गुमाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *