एजेन्सी । छिमेकी देश भारतमा कोरोना संक्रमणको दर लगातार घट्दै गएको छ । बैशाख १८ गते देखि दैनिक चार लाख बढी कोरोना संक्रमित पुष्टि हुँदै गएको र बैशाख २४ गते उच्च विन्दु चार लाख १४ हजार ४ सय ३३ पुगे यता भने भारतमा कोरोना संक्रमणको दर घटन थालेको हो । चार लाख पुष्टि हुँदै गएकोमा पछिल्लो हप्ता भने संक्रमणको दर तीन लाखमा झरेको छ ।
पछिल्लो चौविस घण्टामा भारतमा ३ लाख १० हजार ८ सय २२ संक्रमित पुष्टि भएका छन् । यो संख्या अघिल्लो दिन शनिवारको तुलनामा १६ हजारले कम हो । पछिल्लो पटक थपिएको संख्यासंगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । भारतमा संक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७ सय ८ रहेको छ । कोरोना संक्रमणको दर घटेपनि भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने घटन सकेको छैन ।
पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ९० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । यो संगै भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ ।
Leave a Reply