भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ९, २०७८      0

कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ ।

महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत संकलन गर्नुका साथै उनीहरुको उपचारमा विशेष व्यवस्था गरिएको त्यहाँको सरकारले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितहरुमा देखा पर्न थालेको ब्ल्याक फंगसका कारण गुजरात, महाराष्ट्र र हरियाण, आन्द्र प्रदेश राज्य बढी प्रभावित भएका छन् ।

गुजरातमा दुई दिनमा २ हजार २ सय बढीमा ब्ल्याक फंगस देखा परेको छ ।
पछिल्लो समय ब्ल्याक पंmगसका कारण भारतमा १ हजारभन्दा बढीकोे मृत्यु भइसकेको छ । ब्ल्याक फंगस कोरोना संक्रमित र संक्रमणमुक्त भएकाहरुका देखा पर्न थालेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *