ग्लोबल टिभि
आइतवार, मंसिर ३, २०८०
0
मंसिर ३ – आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतको तेस्रो विकेट पतन भएको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले मध्यक्रम ब्याटर श्रेयस ऐयरलाई तेस्रो विकेटको रुपमा गुमाएको हो।
अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले उनकाे विकेट लिएका हुन्। उनी ३ बलमा ४ रन बनाएर आउट भए। ३ बलमा उनले एक चौका हाने।
भारतले दोस्रो विकेटका रुपमा कप्तान रोहीत शर्मा र पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाएको थियो।
जारी खेलको १०.२ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ८१ रन बनाएको छ।
Post Views: 68
Leave a Reply