मंसिर ३ – आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई चौथो झड्का लागेको छ।
भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको हो। विराट ६३ बलमा ५४ रन बनाएर आउट भएका हुन्। विराटले ६३ बलमा चार चौका मात्र प्रहार गरे।
क्रिजमा अहिले रविन्द्र जडेजा र केएल राहुल खेलिरहेका छन्। २९.२ ओभरको समाप्तिमा भारतले ४ विकेटको क्षतिमा १५१ रन बनाउँदा रविन्द्रले १ रन र केएल ३८ रन बनाएर खेलिरहेका छन्।
आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले खराब सुरुआत गरेको थियाे। भारतले ११ ओभरभित्रै महत्वपूर्ण तीन विकेट गुमाएको थियाे। भारतले ओपनरद्वय कप्तान रोहित शर्मा, शुभम गिल र श्रेयस लैयरको विकेट गुमाएको हो।
गिल ७ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान शर्मा ४७ रनमा पेभेलियन फर्किए। ३१ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै लैयर आउनेवित्तिकै आक्रमक खेल्न खोज्दा आउट भएका थिए। ३ बल खेलेका उनले एक चौकामात्र प्रहार गर्नसके।
अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको हाे।
Leave a Reply