भारतको सातौं विकेट पतन

 ग्लोबल टिभि      आइतवार, मंसिर ३, २०८०      0

मंसिर ३ –  विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाको धारिलो बलिङसामू भारतका ब्याट्सम्यान निरिह देखिएका छन् । लगातार विकेटका कारण दबाबमा परेको भारतको सातौं विकेट गएको छ ।

सातौं विकेटको रुपमा भारतका मोहम्मद सामी ब्यक्तिगत ६ रनमा आउट भए । यसअघि केएल राहुल ६६ रनमा आउट भएका थिए । रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भए ।

अस्ट्रेलियाका मिचेल स्टाकले ३,प्याट ममिन्सले २ तथा ग्लेन म्याक्सवेल, जोस हाज्लेवुडले समान १–१ विकेट लिए । यो समाचार तयार पार्दासम्म भारतले ४४ ओभरमा सात विकेट गुमाएर २ सय १४ रन बनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *