भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको जनाएको छ । हिजोमात्र भारतमा ३ हजार ७ सय ४१ जनाको मृत्यु भएको थियो भने २ लाख ४० हजार ८ सय ४२ संक्रमित थपिए । यस्तै करिब एक महिनामा एक लाख संक्तमितको मृत्यु भएको टाइम्स अफ् इण्डियाले जनाएको छ ।

तीन साता यताको तथ्यांकमा भारतमा दैनिक ३ हजार ७ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *