ताउ–ते को प्रभाव सकिएलगत्तै अर्को आँधी ‘यास’को खतरा, नेपालमा पनि प्रभाव पर्ने

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ १०, २०७८      0

बंगालको खाडीबाट नयाँ आँधी यास आउने भएको छ । अहिले बन्ने क्रममा रहेको उक्त आँधी मंगलबारसम्म शक्तिशाली चक्रवातमा परिणत हुने र बुधबार पारादीप र सागर टापुमा ल्याण्ड हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

अरब सागरमा बनेको ताउ–ते सामुद्रिक आँधीको प्रभाव सकिन नपाउँदै अर्को आँधी थपिन लागेको हो । आँधी १ सय ८५ किलोमिटर प्रतिघन्टाको गतिमा आउने भएकोले पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्य क्षती पुर्याउने आँकलन गरिएको छ । यास आँधीको प्रभाव नेपालमा पनि देखा पर्ने बताइएको छ । मंगलबारबाट यसको प्रभावस्वरुप वर्षा, हिमपात हुने र पूर्वी क्षेत्रबाट बिस्तारै पश्चिम सर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *