अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन

 ग्लोबल टिभि           0

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एकसाता लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले बिहीबार मध्यरातिबाट लागू हुने गरी लकडाउन घोषणा गरेको हो ।

अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित फेला परेका छन् । साथै उनीहरुबाट कोरोना संक्रमण सर्न सक्ने १५० स्थानको पहिचान गरिएको छ । भिक्टोरियामा कोरोना संक्रमण देखिएसँगै मानिसहरुमा चिन्ता बढेको छ । गत वर्ष भिक्टोरियामा कोरोना संक्रमण फैलिएसँगै निकै कडा लकडाउन लागू गरेर संक्रमण नियन्त्रण गरिएको थियो ।

भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले पछिल्लो समय भिक्टोरियामा भेटिएका संक्रमितमा भारतमा देखिएको भेरियन्ट (बी.१.६१७) पनि देखिएको बताएका छन् । यो भेरियन्ट निकै संक्रामक रहेको उनको भनाइ छ । मर्लिनोले अझै केही समय पर्खिने हो भने कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जाने बताएका छन् । अहिले घोषणा गरिएको लकडाउनसँगै अब भिक्टोरियामा अत्यावश्यक काम, किनमेल, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा खोप लगाउने बाहेकको कामका लागि बाहिर जान पाइने छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *