चीनमा व्यावसायिक उच्च शिक्षा प्राप्त गर्ने ९० प्रतिशतले रोजगारी पाए

 ग्लोबल टिभि           0

विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको ६ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ ।

नेसनल इन्स्टिच्यूट अफ एजुकेसन साइन्सले तयार पारेको प्रतिवेदनमा व्यावसायिक (भोकेसनल) विषयका स्नातकहरुले रोजगारी पाउने अवस्था पाँच वर्षदेखि स्थिर रहेको उल्लेख छ । स्नातक उपाधि प्राप्त गरेका त्यस्ता व्यक्तिको सन् २०१८ र २०१९ मा आफ्नो तलबमानमा ७.३७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

प्रतिवेदनमा व्यावसायिक शिक्षाले क्षेत्रीय विकासमा पनि टेवा पु¥याएको उल्लेख छ । स्नातक विद्यार्थीमध्ये अधिकांशले आफू बसोबास गरेकै क्षेत्रमा काम गर्न रुचाएको देखिएको छ । करिब ६६ प्रतिशतले साना तथा मध्यम आकारका उद्यममा काम पाएका छन् ।

यसबाट स्थानीय अर्थतन्त्रको विकासका लागि आवश्यक प्रतिभाहहरु उपलब्ध गराउन ठूलो मद्दत पुगेको पनि प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले शैक्षिक प्रणाली, विद्यालय सञ्चालन, शिक्षण र विद्यार्थी विकास समेतका विभिन्‍न विषयलाई मुख्य रुपमा केन्द्रित गरेको थियो । (सिन्ह्वा)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *