इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै प्रधानमन्त्री नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो ।
इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको छ ।
यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।
अहिले भने विपक्षी घटकहरुविच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्नेछन् ।
उनी सन् २०२३ को अगष्ट २७ सम्म प्रधानमन्त्रीको कुर्सीमा रहनेछन् । त्यसपछि यश अतिद पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्नेछन्
Leave a Reply