ग्लोबल टिभि
बिहिबार, जेष्ठ २०, २०७८
0
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित भएका छन् । साठी वर्षीय हर्जोग देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । नव निर्वाचित राष्ट्रपति हर्जोजले १ सय २० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका हुन् । उनले अर्का प्रतिष्पर्धी मेरियम पेरेजलाई पराजित गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरेका छन् । साथै आफ्नो कार्याकालमा इजरायलको अन्तराष्ट्रिय छविलाई सुदृढ गर्ने र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्ने उनले बताएका छन् । आलङकारिक मानिने इजरायल राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । अहिलेका राष्ट्रपति रुभेन रिभलिनको कार्याकाल अर्को महिना सकिदैछ ।
Post Views: 982
Leave a Reply