सोमालियामा खडेरीका कारण खाद्य संकट उत्पन्न

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २२, २०७८      0

पूर्वी अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण खाद्य संकट उत्पन्न भएको छ । खडेरीका कारण मुलुकभरका २७ लाखभन्दा बढी नागरिक प्रभावित हुने बताइएको छ । लामो समयसम्म पानी नपरेका कारण देशव्यापी सुख्खापन भएको हो ।

सोमालियास्थित मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे सम्बन्धित निकायमा जानकारी गराएको छ । यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा सोमालियाले खाद्य संकट भोग्नुपर्ने राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

यसका लागि समयमै आवश्यक सहयोग पु¥याउनुपर्ने देखिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । सोमालियामा आवश्यक मात्रामा पानी नपर्दा उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन ।।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *