ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २२, २०७८      0

सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ । फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।

फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्नेमाथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्पमाथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ । गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्रमणको भोलिपल्ट फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो ।

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए । सो हिंसात्मक गतिविधिलाई उक्साएको भन्दै फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *