ग्लोबल टिभि
आइतवार, जेष्ठ २३, २०७८
0
पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणबाट कम्तिमा १३० जनाको मृत्यु भएको छ ।
स्थानीय सोल्हानमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका साथै जथाभावी आक्रमण गरेको बीबीसीले जनाएको छ ।
घटना बारे कसैले जिम्मेवारी नलिएपनि सीमा क्षेत्रमा सशस्त्र गतिविधि गरिरहेका इस्लामिक आक्रमणकारीहरुको संलग्नता रहेको सरकारी अधिकारीहरुले आशंका गरेका छन् ।
सो घटनालगत्तै राष्ट्रपति रोब काबोरेले बुर्किनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
Post Views: 1,162
Leave a Reply