महिला एसिया कप : नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने

 ग्लोबल टिभि           0

साउन ४ –  महिला एसिया कप टी–ट्वेन्टी क्रिकेटको उद्घाटन खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल श्रीलंकाको रांगिरी दम्बला क्रिकेट स्टेडियममा अहिले सवा २ बजे सुरु हुँदैछ। नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि प्रतियोगिता खेल्न लागेको हो।

नेपाल र युएईको महिला टोलीबीच भएका पछिल्ला ५ खेलमा नेपालले दुई खेलमा जित निकाल्दा एक खेल युएईले जितेको छ । एक खेल नतिजाविहीन हुँदा एक खेल वर्षाले प्रभावित भएको थियो।

प्रतियोगितामा भारत र पाकिस्तानबीच आजै साँझ सवा ७ बजे प्रतिस्पर्धा हुनेछ । साउन ४ गतेदेखि १३ गतेसम्म चल्ने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् ।

एसिया कपअघि नेपाली टोलीले श्रीलंकाको श्रीलंका डेभलपमेन्टसँग तीन अभ्यास खेल खेलेको थियो । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *