चालक दलसहित ६० जना सवार विमान र हेलिकप्टर वाशिङ्टन डीसीमा ठोकिए

 ग्लोबल टिभि           0

माघ १७- अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा चालक दलसहित ६० जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोकिएको छ ।
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा बेलुकीको ९ बजेतिर अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकायले जनाएको हो। हेलिकप्टरसँग ठोक्किएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको जनाइएको छ ।

एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *