ग्लोबल टिभि
0
माघ २० – डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाको छिमेकीहरूसँग द्वन्द्व सुरु भएको छ । जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
ट्रुडोले नयाँ भन्सार मंगलबारदेखि ३० अर्ब डलरको अमेरिकी वाइन र फलफूल आयातमा लागु हुने बताएका छन् । यस्तै, १२५ अर्ब डलरको आयात पछि प्रभावित हुनेछ । मंगलबारदेखि क्यानडाबाट हुने आयातमा पनि अमेरिकी भन्सार शुल्क लागु हुँदै छ ।
यसअघि, ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा २५ प्रतिशत र चीनमा १० प्रतिशत अतिरिक्त कर लगाएका थिए ।
Post Views: 35
Leave a Reply