फाल्गुन १- रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानी लामो र निकै फलदायी भएको बताएका बीबीसीले जनाएको छ । वार्ताका क्रममा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमित जुटेको ट्रम्पले जनाएका छन् ।
कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ-आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् । दुई नेताहरूको टेलिफोन वार्ताबारे ट्रम्पको भनाइ सार्वजनिक भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्ति स्थापनका विपषयमा कुराकानी भएको बताएका छन् ।
अमेरिकाले युक्रेन उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) मा आवद्ध हुने सम्भावना कम भएको बताइरेका बेला ट्रम्पले युद्धरत दुवै देशसँग कुराकानी गरेका हुन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्दैछन् ।
Leave a Reply