ग्लोबल टिभि
0
फागुन २०- अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको छ । ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताए । समीक्षा गर्नकै लागि तत्काल सैन्य सहायतामा रोक लगाइएको उनको भनाइ थियो ।
अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् ।
सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्पीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए ।
Post Views: 97
Leave a Reply