उत्तर कोरियासँग वार्ता गर्ने अमेरिकी प्रस्ताव, दुइ देशबीचको तिक्तता अन्त्य हुने अपेक्षा

 ग्लोबल टिभि           0

अमेरिकाले उत्तर कोरियासँग वार्ताको प्रस्ताव रोखेको छ । योसँगै उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष दूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्ने री आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सोलमा छन् ।

खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *