अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेसंगै बढ्यो , वैदेशिक रोजगारीमा जाने क्रम

 ग्लोबल टिभि      शुक्रबार, असार ११, २०७८      0

सरकारले अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । हाल नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौँ देखि कतारको दोहा रुटमा सातामा ४ उडान सुरु भएका छन्। त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।

काठमाडौँ दुबई रुटमा समेत सातामा चार उडानको अनुमति दिइएको छ। यसअघि हप्तामा एउटा मात्र उडान रहको काठमाडौँ–इस्तानबुलमा हप्ताको दुई, काठमाडौँ दमाम रुटमा हप्ताको दुई, काठमाडौँ कुवेतमा हप्ताको दुई, काठमाडौँ मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ। सरकारले अनुमति दिएका एयरलाइन्सहरूको टिकटको मूल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेका छन्। उडान सुचारु भए पनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *