चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक शताब्दी पूरा

 ग्लोबल टिभि      बिहिबार, असार १७, २०७८      0

चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सव मनाइरहेको छ।दिवसको अवसरमा राष्ट्रपति सी चीनफिङले देशबासीका नाममा सम्बोधन गर्ने बताइएपनि औपचारिक कार्यक्रमको बारेमा केही जानकारी गराइएको छैन ।

चीनले हालैका हप्ताहरुमा आफ्नो सत्तारुढ पार्टीको इतिहासका बारेमा विभिन्न प्रचारहरु गर्दै आएको छ । यता हङकङले पनि आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको बताइएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । त्यसयता गरेका विभिन्न गतिविधिहरुका बारेमा पछिल्लो हप्ता प्रचार प्रसार गरिएको छ ।

आफ्नो पार्टीको सयौं स्थापना दिवसको अवसरमा वर्षभरी नै विभिन्न नाटकहरु प्रदर्शन हुने बताइएको छ ।वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य शहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *