भारतमा कोरोनाबाट मृत्यु हुनेको सख्या ४ लाख नाघ्यो

 ग्लोवल टि.भी.      शुक्रबार, असार १८, २०७८      0

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४८ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै भारतमा संक्रमित हुनेको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४३ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुने कुल संख्या ४ लाख २७१ पुगेको भारतीय मिडियाले जानकारी दिएका छन् । पछिल्लो ६५ दिनमा भारतमा २ लाख जनाको कोरोनाबाट ज्यान गएको छ ।

सन २०२० मार्च १२ मा भारतमा कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको थियो । त्यसको २०३ दिनपछि १ अक्टुबरमा १ लाख पुगेको थियो । २४ अप्रिल २०२१ मा मृत्यु हुने संक्रमतिको संख्याले २ लाख पार गरेको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ६१ हजार ५८८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो समय भारतले व्यापक रुपमा नागरिकलाई खोप लगाउदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *