ग्लोबल टिभि
0
वाशिङ्टन । कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावमा परेको अमेरिकामा एकैदिन १ लाख ९१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८९ हजार १२ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचीमा पहिलो स्थानमा छ ।
तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ५२ हजार ४६० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८५३ जना संक्रमितको मृत्यु भएको छ ।
Post Views: 1,557
Leave a Reply