ग्लोबल टिभि
0
युरोपेली संघले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएकाहरूलाई यात्रामा रोक लगाएको छ। युरोपेली संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई विश्वास गर्न नसकिने बताएको छ।
चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति दिन नसकिने बताएको हो । युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।
अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने भएको छ। युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन यस कदमले सहयोग पुग्ने युरोपेली संघले दाबी गरेको छ।
Post Views: 1,644
Leave a Reply