भारतीय विदेश सचिव बिहीवार काठमाण्डौं आउँदै

 ग्लोबल टिभि      सोमवार, मंसिर ८, २०७७      0

काठमाडौं। भारतीय विदेश सविच हर्षवर्धन शृङ्गलले बिहीबारबाट नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
परराष्ट्रसचिव भरतराज पौडेलेका निमन्त्रणमा उहाँले सो भ्रमण गर्न लाग्नुभएको र यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ ।
भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *