फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ जनाको उद्धार

 ग्लोबल टिभि           0

फिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् ।

सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए ।

विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो ।

दक्षिणी फिलिपिन्समा अबु सय्यफ लगायतका लडाकू समूहहरू सक्रिय रहेका सेनाको भारी उपस्थिति छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *