आउँदो सेप्टेम्बरसम्ममा अफगानिस्तान छोड्न विदेशी सैनिकलाई तालिवानी चेतावनी

 ग्लोबल टिभि           0

विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।

काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् । तालिबानका नेताले भने बिबिसीसँग तोकिएको समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिएको हो ।

नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा रहेको अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । घटनाहरु बढ्दै गएका छन् । तालिबान बिद्रोहीले आफ्नो नियन्त्रणमा लिएका क्षेत्रहरु बिस्तारको क्रम निरन्तर बनाएको छ ।

तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई नियन्त्रणमा लिने आफूहरुको नीति नरहेको बताएका छन् । तर फिर्ति प्रक्रिया समाप्त भएपछि कुनै पनि विदेशी सैनिक तथा सैनिक कन्ट्रयाक्टर रहनु नहुने बिबिसीसँग बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *