साइप्रसको जंगलमा  भीषण आगलागी

 ग्लोबल टिभि           0

साइप्रसको दक्षिणी पहाडी क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परी चार जनाले ज्यान गुमाएका छन् ।

वन विभागका निर्देशकले साइप्रसको इतिहासकै भयंकर आगलागी भएको बताएका छन् । आगलागीले ५० वर्ग किलोमिटर क्षेत्र नष्ट भएको छ भने ९० किलोमिटर टाढासम्म आगोबाट प्रभावित भएको छ ।

यसभन्दा पहिला सन् १९७४ मा यस्तै खालको घटना घटेको थियो ।

प्रहरीले ६७ वर्षीय एक नागरिकलाई आगो लगाएको आरोपमा पक्राउ गरेको छ । बढ्दो तापक्रमबाट पनि आगलागी भएको हुन सक्नाले यस बारेमा पनि अनुसन्धान भइरहेको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *