जर्मनीले नेपालीलाई प्रवेशमा लगाएको रोक हटाएको छ। नेपालसहित कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट प्रभावित पाँच मुलुकबाट आउने पर्यटकमाथि रोक लगाएको थियो ।
जर्मनीको राष्ट्रिय रोग नियन्त्रण केन्द्र, द रोबर्ट इन्ष्टिच्युटले सोमबार नेपालसहित पाँच मुलुकलाई ‘भाइरस भेरियन्ट क्षेत्र’को सूचीबाट हटाएको हो । अब जर्मनीमा बुधबारदेखि नेपाल, बेलायत, रुस, पोर्चुगल र भारतबाट पुग्ने पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यससँगै अब नेपालसहितका मुलुकबाट कोरोना भाइरसको पूरा मात्रा लगाएकाहरुले जर्मनी पुगेर क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन । खोप नलगाएका मानिसहरु भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । यद्यपि पाँचौं दिनमा कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको अवस्थामा भने क्वारेन्टिन बस्नुपर्ने छैन ।
नेपालसहितका पाँच मुलुकमा डेल्टा र डेल्टा प्लस भेरियन्ट देखिएको भन्दै जर्मनीले प्रवेशमा रोक लगाएको थियो ।
Leave a Reply