अफगानिस्तानको बगरामबाट अमेरिकी सेना फर्कियो

 ग्लोबल टिभि           0

अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छाडेको छ ।अफगानिस्तानलाई पूर्व जानकारी नदिइकन अमेरिकी सेनाले बगराम एयरबेस छोडेको बीबीसीले जनाएको छ ।शुक्रबार अमेरिकाले बगराम एयरबेस छोडेको घोषणा गरेको थियो ।

यसका साथै अफगानिस्तानमा अमेरिकी सैन्य अभियान पनि अन्त भएको बीबीसीले जनाएको छ ।एयरबेसमा पत्रकारहरुसँग कुरा गर्दै जनरल कोहिस्तानीले विभिन्न प्रकारका ३५ लाख चिज छाडेर फिर्ता भएको बताएका छन् ।जसमा हजारौं बोतल पानी, इनर्जी ड्रिङ्कस, रेडिमेड खाना लगायत छन् ।

उनका अनुसार अमेरिकाले भारी हतियार भने लगेर गएको छ । गोलाबारुदका केही स्टकमा आगो लगाएर नष्ट गरिएको छ । केही साना हतियार भने त्यहीं छोडिएको छ ।शुक्रबार अमेरिकी सैनिक फिर्ता भएको २० मिनेटपछि बगराममा विद्युत सेवा अवरुद्ध भएको थियो । यो लुटेराहरु घुसेको संकेत भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसै वर्षको सुरुवातमा ११ सेप्टेम्बरभन्दा अगाडि अमेरिकी सेनालाई अफगानिस्तान फिर्ता बोलाउने घोषणा गरेका थिए । अमेरिकी सेना फिर्ता हुन थालेदेखि तालिवानहरुले एक–एक गर्दै विभिन्न क्षेत्र नियन्त्रणमा लिन थालेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *