पछिल्लो २४ घन्टामा भारतमा थप ४२ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यसबीचमा १२०६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ७ हजार १ सय ४५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ५५ हजार भन्दा धेरै रहेको छ । कोरोनाविरुद्धको खोप ३७ करोड भन्दा धेरैले लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै भारतको केरला राज्यका स्वास्थ्य अधिकारीहरूले १४ वटा जिका भाइरसको सङ्क्रमणका घटना पहिचान भएपछि राज्यका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सतर्कताको घोषणा गरेका छन्। केरेलाकी स्वास्थ्यमन्त्री बीना जर्जले त्रिभन्द्रम जिल्लामा सङ्क्रमणहरू देखिएको पुष्टि गरेकी हुन्।
सन् २०१६(१७ मा भारतको पश्चिमी राज्य गुजरातमा जिकाको सङ्क्रमण भएको विवरण आएका थिए । लामखुट्टेका कारण सर्ने जिकाका कारण बालबालिकाको
मस्तिष्कका कोषहरू सुक्दै जाने र एउटा दुर्लभ प्रकारको पक्षाघात जस्तै रोग गिया ब्यारे सिन्ड्रोम देखिने बताइन्छ ।
Leave a Reply