चीनबाट दक्षिण एशियाली गरिबी निवारण केन्द्र स्थापना

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

विश्व अर्थतन्त्रमा उदयीमान शक्ति चीनले, चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ ।गत वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसंग चरणवद्ध वार्तामा रहेको चीनले यस वर्ष केन्द्रको स्थापना गरेको हो ।

चीनले दक्षिण एशियाली गरिब मुलुकहरुसं चरणवद्ध रुमा सामूहिक छलफल गर्दै आएको थियो ।यद्यपि यस विषयमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले कुनै प्रतिक्रिया दिएको छैन ।

यस संगठनमा पाँचै मुलुक नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सहभागी जनाएका छन् । भारत बाहेक सार्कका अन्य सदस्य मुलुकहरुसँग मिलेर चीनले गठन गरेको यो संयन्त्रलाई कूटनीतिक तहमा निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

गत अप्रिलमा पाँचै देशका विदेशमन्त्रीहरुको सामूहिक छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले सो संयन्त्र गठनको प्रस्ताव गरेका थिए । दुई महिनाको गृहकार्यपछि शुक्रबार बेइजिङस्थित पाँचै देशका राजदूतको उपस्थितिमा यसको औपचारिक घोषणा गरिएको हो ।

नेपालका लागि चिनियाँ राजदुत महेन्द्र बहादुर पाण्डे सो कार्यक्रममा सहभागी भएका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *